logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

दलित र विपन्नलाई न्यानो कपडा वितरण


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ३ मा शनिबार दलित तथा विपन्न परिवारलाई कपडा वितरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले न्यानो कपडा वितरण गरेको हो । गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको सहयोगमा कपडा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

दलित र विपन्न नागरिकलाई न्यानो कपडा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । कार्यक्रममा मोटो ज्याकेट १५ थान, पातलो ज्याकेट ७० थान, सर्ट÷टिसर्ट ५० थान, जुत्ता ६५ थान र ट्रयाक ५० थान बितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

न्यानो कपडा पाएपछि बृद्ध तथा बालबालिकाहरु हर्षित देखिएका थिए । केही दिनअघि बागमती नगरपालिका वडा नं. ४ चेपाङ बस्तीमा पनि न्यानो कपडा वितरण गरिएको थियो ।

कपडा वितरण गरिँदै । (तस्बिर : उज्यालाे अभियान)