लालबन्दी – नेकपा एमाले निकट नेपाल वुद्धिजिवी परिषद् सर्लाहीको अध्यक्षमा बलराम पोखरेल चयन भएका छन् ।
शनिबार लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा भएको तेस्रो जिल्ला अधिवेशनबाट पोखरेलको नेतृत्वमा १५ सदस्यीय वुद्दिजिवी परिषद् सर्लाहीको नयाँ नेतृत्व चयन गरिएको हो । परिषद्को उपाध्यक्षमा भरत महतो, सचिवमा पुष्पबहादुर श्रेष्ठ, कोषाध्यक्षमा कमला पाण्डे, सहसचिवमा दुर्गा दंगाल लगायत चयन भएका छन् ।
अधिवेशनले राजन प्रसाद तिमल्सिना संयोजक रहेको ४ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।
नेपाल वुद्धिजिवी परिषद् सर्लाहीका पूर्व सचिव विमल प्रसाद देवकोटाको अध्यक्षा तथा एमाले सर्लाहीका जिल्ला इन्चार्ज कमलादेवी महतोको प्रमुख आतिथ्यता एवं सहइन्चार्ज बद्री न्यौपानेको विशिष्ट आतिथ्यतामा आयोजित वुद्धिजिवी परिषद्को जिल्ला अधिवेशनमा परिषद्का केन्द्रीय महासचिव गजेन्द्र थपलिया, केन्द्रीय सदस्य अर्जुन सिंह, एमाले मधेस प्रदेश कमिटीका सदस्य मनोज सिंह, एमाले सर्लाहीका उपाध्यक्ष विदुर प्याकुरेल, एमाले लालबन्दी नगर कमिटीका संयोजक रामबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
परिषद्का नवनिर्वाचित पदाधिकारी । (तस्बिर : उज्यालाे अभियान)