प्रतिकात्मक तस्बीर ।
नारायणखोला – सर्लाहीको उत्तरी चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका वडा नं. १४, नारायणखोला हुमले डाँडामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
नारायणखोलास्थित योन्जन टोलका शम्शेर तामाङकी श्रीमती ५५ वर्षीया मुसङमाया तामाङको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबारसाँझ ७ बजेतिर भीरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा नारायणखोलाकै सत्रकठ्ठा भन्ने ठाउँमा आईपुग्दा मृत्यु भएको प्रहरी चौकी पत्थरकोटले जनाएको छ ।
महिला आफैले भीरबाट हाम फालेको भन्ने बुझिएपनि यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । घटनास्थल पत्थरकोटस्थित छेडा गाउँबाट करिव एक घण्टा पैदल दूरीमा पर्छ ।