logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

स्व. कार्कीका परिवारसँग कांग्रेस नेताहरुकाे भेट


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, निवासी कांग्रेस नेता स्वर्गिय खड्ग बहादुर कार्कीको परिवारलाई भेटेर मंगलबार कांग्रेस नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कांग्रेस मधेस प्रदेश समितिका उपसभापति तथा प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, सर्लाहीका सभापति नागेन्द्र कुमार राय लगायतले भेटेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । जिल्ला सभापति रायले स्वर्गिय कार्कीको परिवारलाई श्रद्धाञ्जली फेर्म समेत प्रदान गरेका कांग्रेसका युवा नेता निरोज कार्कीले जानकारी दिए ।
कांग्रेसका पुराना नेता ७१ वर्षीय कार्कीको गएको बिहीबार राती निधन भएको थियो ।