logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

समाजवादीद्वारा एमसीसीको विरोध


  • उज्यालो अभियान

लालबन्दी – नेकपा एकिकृत समाजवादी सर्लाही जिल्ला कमिटीको विस्तारित वैठकले अमेरिकन सहयोग परियोजना एमसीसी राष्ट्रघाती रहेको भन्दै बिरोध गरेको छ ।

मंगलबार लालवन्दीमा भएको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका मन्त्री सत्रुघन महतोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पारेका थिए ।

उनले एमाले अध्यक्ष केपि ओलीलाई लक्षित गर्दै एमसीसी जस्तो देश बिरोधी सम्झौतालाई गलत भन्ने शाहस सम्म नभएको नेतालाई सबैले चिनेको आरोप लगाए । बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल, रबिन्द्र बैठा, बेची लुङेली, देबेन्द्र राय, अन्जु पौडेल, गोबिन्द अधिकारी, आरती लामा लगाएतले मन्तव्य राखेका थिए । बैठकले आगामी स्थानीय निर्वाचनको तयारी, संगठन विस्तार, सदस्यता प्रदान, पालीकाको अवस्था अध्ययन  लगायतका निर्णय गरेको छ ।