logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ईन्स्याेरेन्सद्वारा वृद्दाश्रममा सहयोग


  • उज्यालो अभियान

फाईल तस्बिर

जुटपानी – सर्लाहीको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा मंगलबार सहयोग प्राप्त भएको छ ।

आश्रममा मंगलबार बिहान नेशनल लाइफ इन्स्योरेन्सको ६५ औँ साधारण सभाको अवसर पारेर त्यहाँ रहेका वृद्धवृद्धालाई एक छाक भोजन गराइएको छ । शाखा कार्यालय हरिवनका प्रमुख मुकेश खड्कासहित अन्यले आश्रममा पुगेर त्यहाँ आश्रीत वृद्धवृद्धालाई भोजन गराएका हुन् ।

यसैबीच, हरिवन नगरपालिका–१०, बालगंगा निवासी लक्ष्मी लुईटेल ६२ वर्षमा प्रवेश गरेको अवसरमा उनका श्रीमान लिलाप्रसाद लुईटेल अनी कान्छी बुहारी कोपिलाले दिउँसोको खाजा, बेलुकाको खानाको प्रवन्ध मिलाउनुका साथै वृद्धवृद्धालाई रामनामी ओढाएर सम्मान गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।