लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१७, साहेबगन्ज प्रताप टोलमा सोमबार बिहान गाउँ पसेको हरिणको उद्धार गरिएको छ ।
नजिकैको जंगलबाट गाउँ छिरेको हरिण कुकुरहरुले चिथोरेर घाइते भएको थियो । गाउँमा निस्किएको हरिण घाइते अवस्थामा रहेको भनी स्थानीयले खबर गरेपछि डिभिजन वन कार्यालय लालबन्दीबाट गएको टोलीले उक्त हरिणको उद्धार गरेको हो ।
उद्धार गरिएको हरिणलाई उपचार गरी डिभिजन वन कार्यालयमै राखिएको छ । उक्त हरिण आहाराको खोजीमा गाउँ पसेको हुनसक्ने बताइएको छ ।