मलंगवा – नेपाल बार एशोसिएसन सर्लाहीको अध्यक्षमा मनोज कुमार बिजयी भएका छन् ।
आईतबार साँझ अबेर सदरमुकाम मलंगवामा सम्पन्न जिल्ला अधिवेशनबाट १४ मत प्राप्त गर्दै उनि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धीहरु मोहन रायले १० मत, उमेश साहले ९ मत र दिलीप झाले ७ मत प्राप्त गरे ।
बारमा आवद्ध जिल्लाका ४५ जना कानून व्यवसायीमध्ये ४० जनाले सहभागी भई मतदान गरेका छन् । अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध चयन भएका छन् । बार सर्लाहीको उपाध्यक्षमा रमेश चन्द्र राय, सचिवमा कौशलकिशोर साह, कोषाध्यक्षमा चन्देश्वर साहसहित ९ सदस्य कार्य समिति चयन गरिएको छ ।