गौरीशंकर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ मा शनिबार बहुजन एकता पार्टी नेपालको ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
राजाराम दास अध्यक्ष, रामचन्द्र साह र मेथुला देवी दास उपाध्यक्ष, मीनादेवी राम सचिव, धर्मेन्द्र माझी सहसचिव, सुमित्रा देवी दास कोषाध्यक्ष लगायत अन्य सदस्यहरु रहेका पार्टीका वरिष्ठ नेता राजाराम पासवानले जानकारी दिए ।