logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौंबाट आए वैबाहिक प्रितिभोज खान सर्लाही


  • उज्यालो अभियान

आईतबार साँझ सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित सुरेन्द्र लामाको निवासमा कार्यकर्ताहरुले घेरिएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल । (तस्बिर : उज्यालो अभियान)

घुर्कौली – नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष माधवकुमार नेपाल आफ्नै पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामाका छोराहरुको वैबाहिक प्रितिभोजमा सहभागि हुन अहिले (आईतबार) साँझ सर्लाही आईपुगेका छन् ।

समाजवादीका जिल्ला अध्यक्ष लामाका छोराहरु नविन लामा र प्रविन लामाको वैबाहिक प्रिति भोजमा सहभागि हुन राष्ट्रिय अध्यक्ष नेपाल सर्लाही आएका हुन् । हरिवन नगरपालिका–५, घुर्कौली स्थित समाजवादीका जिल्ला अध्यक्ष लामाको निवासमा प्रितिभोज खाएपछि नेता नेपालले पत्रकारहरुसँग समेत संक्षिप्त कुराकानी गरेका छन् । काठमाडौंबाट सिमरा एयरपोर्ट ल्याण्ड गरेका नेता नेपाल सिमराबाट भने जीपबाट हरिवनसम्म आएका हुन् । जिल्ला अध्यक्ष लामा सोही पार्टी सम्बद्ध अनेरास्ववियुकी केन्द्रीय महासचिव आरती लामाकी बुबा हुन् ।