logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेसको पार्टी कार्यालय उद्घाटन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा शनिबार नेपाली कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

भाडाको घरमा खोलिएको वडा कार्यालय कांग्रेसका वडा सभापति उदय पाख्रिनको अध्यक्षतामा प्रमुख अतिथि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका हुन् । कार्यक्रममा कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरि लुंगेली, क्षेत्र नं. १ ख क्षेत्रीय सभापति सीताराम दाहाल, नगर सभापति प्रशान्त आचार्य, कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रुव रिजाल लगायतको आतिथ्यता रहेको थियो ।

सोही कार्यक्रममा प्रदेश सरकारका मन्त्री सिंहले वडा पार्टी कार्यालयका लागि २५ थान कुर्सी र प्रदेश समिति सदस्य रिजालले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका वडा सभापति पाख्रिनले जानकारी दिए ।
फोटो क्याप्सन : वडा कार्यालय उद्घाटन गर्न आयोजित कार्यक्रम । (तस्बीर : उज्यालो अभियान)