बागमती – नेकपा एकीकृत समाजवादी पार्टीकाे बागमती नगर अध्यक्षमा सकृय युवा जय गाेले चुनिएका छन् ।
उक्त पार्टी सम्बद्द युवा संघ नेपालकाे सर्लाही जिल्ला अध्यक्ष समेत रहेका गाेलेलाई शनिबार दिउँसाे बागमतीमा भएकाे भेलाले बागमती नगर कमिटीकाे अध्यक्षमा चयन गरेकाे हाे । ६१ सदस्यीय कमिटीकाे उपाध्यक्षमा कमला पाेखरेल र रामप्रसाद महताे, सचिबमा राजकुमार विक तथा उप-सचिबमा रामकुमार खड्का र रमेश खपांगी चयन भएका छन् ।
अंजु पाैडेलकाे अध्यक्षता एवं पार्टीका पाेलिटब्यूराे सदस्य लक्ष्मण पौडेलकाे प्रमुख आतिथ्यता रहेकाे भेलाले नेतृत्व चयन गरेकाे नवनिर्वाचित अध्यक्ष गाेलेले जानकारी दिए ।
फाेटाे क्याप्सन : नेकपा एकीकृत समाजवादीकाे बागमती नगर अध्यक्षमा चयन भएका जय गाेले । (तस्बिर स्राेत : सामाजिक संजाल)