बलरा – बहुजन एकता पार्टी नेपालले शुक्रबार बलरा नगरपालिका वडा नम्बर ६ मा बहुजन महिला संगठनकाे नेतृत्व चयन गरेकाे छ ।
उर्मिला पासवानकाे अध्यक्षतामा मा ४१ सदस्यीय समिति गठन गरिएकाे साे पार्टीका वरिष्ठ नेता राजाराम पासवानले बताए । समितिकाे उपाध्यक्षमा राम परी बैठा, सचिबमा पुनम देवि पासवान, कोषाध्य्क्षमा ममता देवि राम, सह सचिबमा पुकारी ठाकुर लगायत रहेका छन् । कार्यक्रम यशोधा तिमिल्सिनाकाे प्रमुख आतिथ्यता एवं परमेश्वर पासवान विशिष्ट आतिथ्यतामा भएकाे थियाे ।
साे पार्टीले गत बुधबार कबिलासी नगरपालिका वार्ड नम्बर ९ भलुवाहामा पनि महिला संगठनको वार्ड कमिटी गठन गरेकाे थियाे । सिकिलिया देवि पासवानको अध्यक्षता गठित कमिटीको उपाध्यक्षमा रामबती दास, सचिबमा प्रमिला राम, कोषाध्यक्षमा संझा माझी र सहसचिबमा पुनम महतो चयन भएका छ्न् ।
शुक्रबार बलरामा सम्पन्न वडा भेलाका सहभागी । (तस्बिर : उज्यालाे अभियान)