logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

अन्सारीद्वारा मुस्लिम अगुवासँग भेट


  • उज्यालो अभियान

मलंगवा – मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले बिहीबार सर्लाही सदरमुकाम मलंगवाका विभिन्न वडामा मुस्लिम अगुवाहरुसँग अन्तरक्रिया गरेका छन् ।

उनले मलंगवा नगरपालिका वडा नं. ५ भाडसर, मलंगवा नगरपालिका वडा नं. ११ पल्सी र मलंगवा नगरपालिका वडा नं. ६ खुटौनामा मुस्लिम अगुवाहरुसँग अन्तरक्रिया गरेका हुन् । भेटघाटकै क्रममा सर्लाही आएका अन्सारीले मुस्लिम अगुवाहरुसँग मुस्लिम समुदायको अवस्था, समस्या, मिरमर्का लगायतका विषयमा सम्वाद गरेका मुस्लिम अगुवा युवा समिमबाबु पठानले जानकारी दिए ।