logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनका इन्सपेक्टर गिरी माघ महिनाको उत्कृष्ट प्रहरी


  • उज्यालो अभियान

ईलाका प्रहरी कार्यालय हरिवनका ईन्स्पेक्टर भूपेन्द्र गिरीलाई कदरपत्र सहित सम्मान गर्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईं (बायाँ) । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा रहेको इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) भूपेन्द्र गिरी माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले २ नम्वर प्रदेश दंगा नियन्त्रण प्रहरी गण, गुल्म नम्वर ४ जनकपुरमा दरबन्दी रही केही महिनादेखि हरिवनमा कार्यरत इन्सपेक्टर गिरीलाई माघ महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) बाट सम्मान गरेको हो । सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले सोमबार जिल्ला प्रहरी कार्यालय मलंगवामा इन्सपेक्टर गिरीलाई सम्मान पत्रबाट सम्मान गरे ।

सम्मान पत्रमा इन्सपेक्टर गिरी बागमती पुलमा माघ ८ गते एक जनाको ज्यान जाने गरी भएको टिपर दुर्घटना र माघ १४ गते सासापुरमा एक जना पैदलयात्रीको ज्यान जाने गरी भएको बस दुर्घटनाका चालकलाई पक्राउ गरी कानूनी दाउरामा ल्याउन सफल भएको, चोरी भएका विभिन्न ७ वटा मोटरसाइकल सम्वन्धित धनीलाई फिर्ता गराउन सफल भएको, ४ जना फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको, बागमतीको धरहराबाट १२ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको लगायतका विषयहरु उल्लेख गरिएका छन् ।

सर्लाही प्रहरीले राम्रो काम गर्ने प्रहरीलाई पोत्साहन स्वरुप हरेक महिना महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेर सम्मान गर्दै आइरहेको छ ।