कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा बाल विवाह न्यूनिकरण गर्ने उद्देश्यले समिति गठन गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरको समुन्नति परियोजना अन्तर्गत सोमबार नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा भएको स्थानीयहरुको भेलाबाट गोमा कटुवाल अध्यक्ष रहने गरी ७ सदस्यीय समिति बनाइएको हो । समितिले सो वडामा बाल विवाह न्यूनिकरणका लागि काम गर्ने ग्रामीण नारी उत्थान संघकी सामाजिक परिचालक विन्दा लुंगेलीले जानकारी दिईन् ।
लुंगेलीका अनुसार विद्यालयका शिक्षक, स्वास्थ्य चौकीका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थितिमा बाल विवाहका सम्वन्धमा छलफल गर्नुका साथै समिति समेत गठन गरिएको हो । सोही अवसरमा कार्यक्रम भएको सो विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक प्रहरी र नेपाल प्रहरीले ट्राफिक नियमको बारेमा कक्षा प्रदान गरेका छन् ।