logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

५८५ पिस नाईट्राेभेट सहित २ युवा पक्राउ


  • उज्यालो अभियान

मलंगवा – जिल्ला प्रहरी कार्यालय मलंगवाकाे टाेलीले लागूपदार्थकाे रुपमा प्रयाेग हुने ५८५ पिस नाईट्राेभेट ट्याब्लेट सहित २ जना युवकलाई नियन्त्रणमा लिएकाे छ ।

शनिबार दिउँसाे सबा १२ बजे मलंगवा नपा-९ बाट लालबन्दी नगरपालिका-६ निबासी २३ वर्षीय दिपेश विक र १९ वर्षीय सन्तोष बम्जनलाई नाईट्राेभेट ट्याब्लेट सहित नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए । भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका दुईजनाकाे शरीर खानतलासी गर्दा लागि चेक जाँच विककाे साथबाट १० पता र बम्जनको साथबाट साँढे नौ पता नाईट्राेभेट बरामद् भएकाे प्रहरीले जनाएकाे छ ।  पक्राउ परेका दुवैजना माथि लागूआैषध नियन्त्रण ऐन अनुसार कार्बाही प्रकृया अगाडि बढाईएकाे प्रनाउ बुढाथाेकीले जानकारी दिए ।

फाेटाे क्याप्सन : नाईट्राेभेट सहित पक्राउ परेका युवा । (तस्बिर साैजन्य : नेपाल प्रहरी)