बागमती – अबैध रुपमा लुकाई राखेको सालको काठ सर्लाहीको सब डिभिजन वन कार्यालय मुर्तियाले बरामद गरेको छ ।
बागमती नगरपालिका–२ हरिवन खोलाको किनार लहरीबारीबाट ४० क्यूफिट बेवारिसे अवस्थामा सालको ७ वटा गोलिया शनिबार दिउँसो बरामद गरिएको हो । सुराकीको आधारमा सालको काठ बरामद गरिएको सब डिभिजन वन कार्यालय मुर्तियाका जमदार अमर पाख्रीनले जानकारी दिए ।
काठलाई अहिले मुर्तिया वन कार्यालयमा राखिएको छ । काठ कस्ले काटेर राखेको हो त्यसकाे पहिचान हुन नसकेको र अनुसन्धान भइरहेको वन कार्यालयले जनाएकाे छ । काठको सरकारी मूल्य १ लाख ६० हजार भएपनि बजार मूल्य निकै बढी रहेको पाख्रिनले बताए ।
फाेटाे क्याप्सन : बरामद् सालकाे काठ । (तस्बिर : उज्यालाे अभियान)