नवलपुर – सर्लाहीको नवलपुरमा शनिबार तेक्वान्दोका खेलाडीहरुको छनौट गरिएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा खेल्नका लागि जिल्लाबाट विभिन्न तौल समूह अन्तर्गत पुरुष तर्फ १० जना र महिलातर्फ ७ जना खेलाडी छनौट गरेर पठाइएको तेक्वान्दो प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार नवलपुरस्थित लिटिल फ्लावर बोडिङ स्कुलको प्राङ्गणमा जिल्लाभरबाट ११५ जना खेलाडीमध्ये १७ जनालाई छनौट गरेर पठाइएको हो ।
फाेटाे क्याप्सन : छनाैटका लागि प्रतिस्पर्धा गर्दै खेलाडीहरु । (तस्बिर : उज्यालाे अभियान)