कविलासी – सशस्त्र प्रहरी बलकाे गस्ती टाेलीले ठूलाे परिमाणमा लागूपदार्थकाे रुपमा प्रयाेग हुने नाईट्राभेट ट्याब्लेट बरामद् गरेकाे छ ।
सशस्त्र प्रहरी बल सुन्दरपुर चाेहर्बा बेस क्याम्पकाे गस्ती टाेलीले शुक्रबार मध्यान्ह १२ हजार ट्याब्लेट नाईट्राभेट बरामद गरेकाे सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए । बरहथबा नगरपालिका-१७, श्रीपुर कटानीमा ना. ५५ प ९२८ नम्बर २२० सीसीकाे माेटरसाईकलमा बाेरा भित्र पाेका पारेकाे अवस्थामा ट्याब्लेट बरामद् गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । दक्षीणबाट उत्तरतर्फ आउँदै गरेकाे माेटरसाईमल चालक भने सशस्त्र प्रहरीकाे गस्ती टाेलीलाई देख्ने बितिकै फरार भएकाे सप्रउ खनियाँले जानकारी दिए ।
बाेराभित्र ४० वटा प्याकेटमा १२ हजार ट्याब्लेट नाईट्राभेट फेला परेकाे हाे । भारतीय बजारमा सहजै पाईने उक्त ट्याब्लेट लागूअाैषधकाे रुपमा प्रयाेग हुने गरेकाले नेपालमा भने प्रतिबन्धित छ । बरामद् ट्याब्लेट र माेटरसाईकल थप कार्बाही प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भईरहेकाे सप्रउ खनियाँले जानकारी दिए ।
फाेटाे क्याप्सन : शुक्रबार मध्यान्ह बरामद् नाईट्राभेट ट्याब्लेट मिलाईदै । (तस्बिर साैजन्य : सशस्त्र प्रहरी)