logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हजरिया गाविसका पूर्व अध्यक्ष केसीको श्रद्दाञ्जली सभा सम्पन्न


  • उज्यालो अभियान

हजरिया – सर्लाहीको हजरिया गाउँ पञ्चायतमा दुई पटक प्रधानपञ्च र हजरिया गाविसबाट एक पटक निर्वाचित गाविस अध्यक्ष स्वर्गिय दीवाकर केसीको बिहीबार श्रद्दाञ्जली सभा सम्पन्न भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बरहथवा नगर कमिटीले संयुक्त रुपमा स्वर्गिय केसीकै निजी निवास बरहथवा नगरपालिका-२ स्थित हजरियामा श्रद्दाञ्जली सभा गरेको हो । २००८ साल चैत १४ गते जन्मिएका केसीको यही माघ १५ गते निधन भएको थियो ।

१३ औँ दिनको पुण्यतिथीमा बरहथवा नपा-२ का वडाध्यक्ष यज्ञबहादुर खड्काको अध्यक्षतामा आयोजित श्रद्दाञ्जली कार्यक्रममा पुराना बामपन्थी नेता चित्रबहादुर आले, संविधान सभा सदस्य हरि उप्रेती, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, नेपाली कांग्रेसका नेता विनोद खनाल, स्वर्गिय केसीको पहिलो प्रधानपञ्चको कार्यकालमा उपप्रधानपञ्च भएका बिहारी सहनी, दोस्रो प्रधानपञ्चको कार्यकालमा उपप्रधानपञ्च भएका नरनारायण सहनी, शंकरपुर गाविसका पूर्व अध्यक्ष भूपेन्द्रमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

वक्ता र सहभागीहरुले स्वर्गिय केसीको तस्बिरमा माल्यार्पणसहित उनले पुर्याएको योगदानको चर्चा गरेका कार्यक्रम सञ्चालक एवं स्थानीय एमाले नेता महेश बरालले जानकारी दिए । वक्ताहरुले हजरिया क्षेत्रका एक जना असल सामाजिक व्यक्तित्व गुमाएको भन्दै अत्यन्त दुःख व्यक्त गरेका थिए । 

फोटो क्याप्सन : स्वर्गिय केसीको श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै कांग्रेस नेता विनाेद खनाल । (तस्बीर : उज्यालो अभियान)