हरिपुर – सर्लाहीको हरिपुरमा बिहीबारदेखि शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्वन्धि दुई दिने तालिम आयोजना गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले नगरभित्रका १५ वटा विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षकहरुलाई यस प्रकारको तालिम प्रदान गरेको हो । तालिम पश्चात तीनै शिक्षकहरुमार्फत विद्यार्थीलाई विद्यालयमै प्राथमिक उपचार सेवा प्रदान गर्न सहज हुने संस्थाले जनाएको छ । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानले उद्घाटन गरेको तालिम शुक्रबारसम्म संचालन हुने संस्थाका स्वास्थ्य संयोजक दीपक भण्डारीले जानकारी दिए ।
फोटो क्याप्सन : प्राथमिक उपचार सम्वन्धि तालिममा सहभागी शिक्षकहरु । (तस्बीर : उज्यालो अभियान)