logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

क्यान्सरपीडित चौधरीलाई ३१ हजार सहयोग


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका-७, कोठाटोल निवासी क्यान्सरपीडित चेत नारायण चौधरीलाई बिहीबार आर्थिक सहयोग गरिएको छ ।

क्यान्सर रोगबाट पीडित भई काठमाडौंमा उपचार गराइरहेका चौधरीलाई बिहीबार स्थानीय युवाहरु मिलेर आपसमा संकलन गरिएकाे ३१ हजार रुपैंया हस्तान्तरण गरेका हुन् । क्यान्सरपीडित चौधरीकी श्रीमतीलाई घरमै पुगेर उक्त रकम प्रदान गरिएको सहयोगी मध्येका राजन भट्टराईले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर रहेका चौधरीलाई क्यान्सर लागेपछि उनको उपचारमा आर्थिक अभाव भइरहेको उनकाे परिवारले गुनासो गरेका छन् ।

फोटो क्याप्सन : क्यान्सर पीडित चौधरीको परिवारलाई रकम हस्तान्तरण गरिँदै । (तस्बीर : उज्यालो अभियान)