logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बाल विकास भवनको शिलान्यास


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवामा रहेको जनता आधारभूत विद्यालयमा बुधबार बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ ।

सेभ द चिड्रेनको साझेदारीमा ग्रामीण नारी उत्थान संघ हरिपुर र हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रममा प्रारम्भिक बाल विकास स्याहार कार्यक्रम अन्तर्गत बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको हो । हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुरले बाल विकास केन्द्र भवनको शिलान्यास गरेका ग्रामीण नारी उत्थान संघले जनाएको छ ।

कार्यक्रममा हरिपुर नगरपालिका २ का वडाध्यक्ष रिखेश्वर कडरिया, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य चालिसे, सेभ द चिल्ड्रेनका सर्ला ही जिल्लाको शिक्षा संयोजक रामबहादुर साहलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको व्यवस्थापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज बुढाथोकी र प्रधानाध्यापक रचना उपाध्यायले गरेका थिए । बाल विकास भवन निर्माण गर्न विद्यालयलाई संस्थाले १७ लाख १३ हजार ४६९ रुपैयाँ प्रदान गर्नेछ ।