लालबन्दी – ईलाका प्रहरी कार्यालय लालबन्दीकाे टाेलीले लागूपदार्थकाे रूपमा प्रयाेग हुने ईन्जेक्शनमा हाल्ने ३ प्रकारकाे एम्पुल सहित एक युवालाई नियन्त्रणमा लिएकाे छ ।
साेमबार साँझ सबा ५ बजे लालबन्दी नपा-१ नवलपुर स्थित मोडल हस्पिटलको बाथरुमबाट सर्लाहीकै बरहथवा नपा-९ निवासी २५ वर्षीय सुमित गुरुङलाई नियन्त्रणमा लिएकाे हाे । बाथरुममा अचेत अवस्थामा लडिरहेको भन्ने जानकारी पाएपछि पुगेकाे प्रहरी टाेलीले उनकाे साथबाट ८ एम्पुल नाेर्फीन, ९ एम्पुल लाबाेरेट र ९ एम्पुल फेनार्गन बरामद् गरेकाे हाे । हाल उनलाई आफ्नै नियन्त्रणमा राखेर ईलाका प्रहरी कार्यालय लालबन्दीले थप अनुसन्धान गरिरहेकाे छ ।
फाेटाे क्याप्सन : लागूपदार्थ सहित प्रहरी नियन्त्रणमा रहेका सुमित गुरुङ । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)