logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यार्थीले विद्यालयमा बनाए सरस्वती मन्दिर


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका-१०, चन्द्रपुरमा रहेको आधारभूत विद्यालयमा भूतपूर्व विद्यार्थीहरुले पैसा उठाएर सरस्वती मन्दिर निर्माण गरेका छन् ।

आफूहरुले आपसमा पैसा उठाएर बनाएको मन्दिरको आइतबार श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा उद्घाटन गरेको भूतपूर्व विद्यार्थी उदय पाख्रिनले जानकारी दिए । पाख्रिनकै नेतृत्वमा करिव २ लाख रुपैयाँ संकलन गरेर सरस्वती मन्दिर निर्माण गरिएको हो ।

वडाध्यक्ष टोपबहादुर श्रेष्ठको हातबाट मन्दिरको उद्घाटन गरिएको पाख्रिनले जानकारी दिए । सरस्वती मन्दिर उद्घाटनकै अवसरमा भूतपूर्व विद्यार्थीहरुको तर्फबाट विद्यालयमा दुई दशक भन्दा लामो समयदेखि अहिलेसम्म निरन्तर अध्यापन गराउँदै आएका महिला शिक्षक शकुन्तला दाहाल र मिना घिमिरेलाई मायाको चिनो र सम्मान पत्रबाट सम्मान समेत गरिएको छ ।