जुटपानी – आमर्ट नेपाल सर्लाहीले लालबन्दी नगपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आइतबार एक थान वाटर डिस्पेन्सर र एक थान पानीको जार प्रदान गरेको छ ।
हरिवनमा शाखा रहेको आमर्ट नेपाल नामक संस्थाका जिल्ला अध्यक्ष हरिशंकर चौधरी लगायतले वार्षिक सेवाको कार्य अन्तर्गत आश्रमका संरक्षक बासुदेवशरण कोइरालालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । शिवहरि आचार्यकाे अध्यक्षता रहेकाे कार्यक्रममा संस्थाका बैजु साह, गाैरिशंकर चाैधरी लगायतको उपस्थिती रहेकाे थियाे । संस्थाले आश्रमका वृद्धवृद्धालाई आइतबार दिउँसोको खाजा समेत खुवाएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् । यस्तै, आश्रममा लालबन्दी नगरपालिका-१, निवासी अमृत बहादुर बस्नेतले स्वर्गिय आमा सीतामाया बस्नेतको १३ औँ दिनको पुण्य तिथीमा आइतबार बिहानको एक छाक भोजन गराएका आश्रमले जनाएको छ ।