लालबन्दी – ९ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सर्लाहीको लालबन्दीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–८ का २१ वर्षीय सोमबहादुर गोले रहेका छन् । गोलेलाई छिमेकी वडाकी ९ वर्षीया एक बालिकालाई केही दिनअघि जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको हो । लालबन्दी प्रहरीको हिरासतमा रहेका गोलेविरुद्ध सर्लाही जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको बुझिएको छ ।