logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बागमतीको जिरायतमा बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित २१ जना घाईते


  • उज्यालो अभियान

दुर्घटनामा परेको बलेरो पिकअप भ्यान । (तस्बिर : उज्यालो अभियान)

जिरायत – सर्लाहीको बागमती नगरपालिका अन्तर्गत जिरायतमा बलेरो पिकअप दुर्घटना हुँदा २१ जना घाईते भएका छन् ।

आईतबार साँझ सबा ७ बजे बाग्मती नपा–४ जिरायत स्थित भित्री सडकखण्डमा ना. ५ ज. २३४९ नम्बरको सामान बोक्ने बलेरो पिकअप आफै अनियन्त्रि भई पल्टिँदा त्यसमा सवार २१ जना घाईते भएका हुन् । सानो सबारी साधन भएपनि कोचामकोच यात्रु चढेकाले जीप दुर्घटना हुँदापनि निकै व्यक्ति घाईते भएका छन् ।

दुर्घटनामा परि घाईते भएकाहरु मध्ये बाग्मती नपा–११ निवासी शिव विककी छोरी १८ वर्षीया सिता विक, सिन्धुली तिनपाटन गापा–४ निवासी २५ वर्षीय रण बहादुर विक, सिन्धुली ढुंग्रेबास नपा–४ निवासी हरि विककी छोरी १४ वर्षीया रजिना विक, सिन्धुली तिनपाटन गापा–३ निवासी केदार विककी छोरी १० वर्षीया कृतिका रोक्का, सोही ठाउँ निवासी ५० वर्षीया कबिता विक, सर्लाही हरिवन नपा–१० निवासी श्याम परियारकी छोरी १७ वर्षीया शर्मिला परियार, बलराम विककी छोरी १३ वर्षीया सन्ध्या विक, श्याम परियारकी छोरी १४ वर्षीया सलिना परियार, सिन्धुली ढुंग्रेबास नपा–१२ निवासी ६० वर्षीया बिकलती विक र ईन्द्र विककी छोरी १४ वर्षीया संगिता विकको हरिवनको सुखेपोखरी स्थित सर्लाही जिवन अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै गरी सर्लाही हरिवन नपा–१० निवासी सागर विककी छोरी १६ वर्षीया सुजता विक, हरिवन–११ निवासी साजन विककी श्रीमती ३० वर्षीया रिता विक, हरिवन–१० निवासी कर्ण विककी छोरी १६ वर्षीया आशिका विक, सर्लाही बागमती–४ निवासी बौवा विकको छोरा ३१ वर्षीय गणेश विक, हरिवन–१० निवासी शिव विककी छोरी १६ वर्षीया रिता विकको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको छ ।

त्यस्तै सर्लाही लालबन्दी–२ निवासी २१ वर्षीया सुनिता खत्री, हरिवन नपा–११ निवासी ४६ वर्षीय अभिमान मक्रानी, सिन्धुली जिल्लाका २९ वर्षीय गोपि विक, सिन्धुलीकै ईन्द्र विककी छोरी १५ वर्षीया प्रगती विक, सर्लाही हरिवन नपा–११ निवासी ३० वर्षीय सुजन बरैली, हरिवन निवासी ३६ वर्षीय बलेरो जीप चालक गोबिन्द गदौली लगायत घाईते भएका छन् । उनीहरुको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको छ । घाईते मध्ये टाउको र छातीमा गम्भिर चोट लागेका सिन्धुलीका गोपि विकलाई थप उपचारका लागि वीरगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।