हरिपुर – चोरी भएको मोटरसाईकलको पार्टपूर्जा सहित हरिपुर नगरपालिकाको चितायनबाट प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ ।
लालबन्दी नपा–२ जुटपानि स्थित जुटपानी वर्कशपमा मर्मतको लागि राखेको ना. ४२ प ८७७४ नम्बरको मोटरसाईकल हराएकोमा प्रहरी टोलीले उक्त मोटरसाईकलको पार्टपूर्जा खोलिएको अवस्थामा दुईजना युवालाई नियन्त्रणमा लिएको हो । शनिबार साँझ ५ बजे हराएको भनेर जानकारी पाउने बितिकै खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शनिबार नै राती साँढे १० बजे हरिपुर नपा–७ चितायन स्थित रविन वर्कशपमा उक्त मोटरसाईकलको पार्टपुर्जा खोलेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद खतिवडाले जानकारी दिए ।
प्रहरीले वर्कशप संचालक स्थानीय २२ वर्षीय रविन चौधरीलाई मोटरसाईकलको पार्टपुर्जा सहित नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरी घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।