logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बेमौसमी वर्षाले कराेडाैंको इँटा नष्ट


  • उज्यालो अभियान

लक्ष्मीपुर – दुई दिनको बेमौसमी वर्षाले सर्लाहीसहित तराईका जिल्लाहरुमा लाखौँ मूल्यको इँटा नष्ट भएको छ ।

पानीले इँटा उद्योगहरुमा चाङ लगाएर राखिएको काँचो इँटा भिजेर नष्ट भएको सर्लाही इँटा उद्योग व्यवसायी संघका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए । जिल्ला समन्वय समिति सर्लाहीको सभापति समेत रहेका इँटा भट्टा सञ्चालक चौधरीले हरिपुर नगरपालिकास्थित लक्ष्मीपुरमा रहेको आफ्नो दुईवटा इँटा उद्योगमा गरी झण्डै डेढ करोड रुपियाँ बराबरको इँटा नष्ट भएको गुनासो गरे ।

उनले वर्षाका कारण अन्य इँटा उद्योगीको ५० लाखदेखि ७५ लाख रुपैयाँसम्म नोक्सान भएको बताए । सर्लाहीमा ९३ वटा इँटा उद्योग रहेका छन् । वर्षाको पानीले प्रत्येक इँटा उद्योगमा तयार पार्दै गरेको काँचो इँटा नष्ट भएको छ । वर्षाले इँटा नष्ट गरेपछि जिल्लामा अब केही समय निर्माणका कार्यहरु प्रभावित हुने देखिएको छ ।
फोटो क्याप्सन : झरीले नष्ट गरेको काँचो इँटा । (तस्बीर : उज्यालो अभियान)