logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

वाग्लेको श्रद्दाञ्जली दिवस मनाइयो


  • उज्यालो अभियान

स्व. डाचाराज वाग्ले ।

हजारविघा – नेकपा माओवादी केन्द्र सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज डाचाराज वाग्लेको प्रथम वार्षिक स्मृति दिवस मनाईएकाे छ ।

वाग्लेकाे मृत्यु भएको एक वर्ष पुगेको दिन पारेर उनकै गाउँ नजिकै बरहथवा नगरपालिका–९, मूर्तिया हजारविगाह चाेकमा शुक्रबार प्रथम श्रद्दाञ्जली दिवस मनाइएको हाे । वाग्लेको शालिक निर्माण भइरहेको स्थल नजिकै माओवादी केन्द्र बरहथवा नगर कमिटीको आयोजनामा श्रद्दाञ्जली दिवस मनाइएको छ ।

पार्टीको बरहथवा नगर कमिटीका अध्यक्ष सुमन थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला संयोजक कमल बुढाथोकी, संविधान सभा सदस्य निसा साह, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, स्वर्गीय वाग्लेकी पत्नी सरस्वती मिश्र वाग्ले, नेताहरु मोहनलाल श्रेष्ठ, अर्जुन पन्त, इन्द्र पाठक लगायतले स्वर्गीय वाग्लेले पुर्याएको योगदानको चर्चा गरेका थिए । स्वर्गीय वाग्लेलाई शहीद घोषणा गर्न माग गर्दै माओवादी केन्द्र सर्लाहीका नेताहरुले माघ १९ गते पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

बरहथवामा पार्टीको कार्यक्रममा सहभागी भएर पूर्व-पश्चिम राजमार्ग तर्फ माेटरसाईकलमा एक्लै फर्किदै गर्दा वाग्लेको मूर्तिया जंगलमा सवारी दुर्घटनामा परेर ज्यान गएको थियो ।