logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

गाेडैतामा द्वन्द्व समाधान गर्न पूर्व तयारी बैठक


  • उज्यालो अभियान

गोडैता – प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल द्वारा संचालित प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण कार्यक्रम छैटौ चरण अन्तर्गत सर्लाहीको सामुदायिक प्राथमिक विद्यालय गोडैता नगरपालिका वडा नं. ३ सिमरा भगवतीपुर र सोही स्थानमा वस्ने सिमानाका किसानहरु विच २०७२ साल देखि चल्दै आएको जग्गा सम्वन्धि द्वन्द्व रुपान्तरण प्रकृयामा सजिकरण गर्न द्वन्द्वमा संलग्न पक्ष तथा सरोकारवालाहरुको सहभागितामा पुर्व तयारी बैठक सम्पन्न भएको छ ।

२०६५ सालमा शिक्षक राजिनन्द महतो लगाएत स्थानिय वासीहरुको पहलमा स्थापना गरिएको श्री सामुदायिक प्राथमिक विद्यालय भवनको वरिपरि स्थानियवासीहरुको घर रहेको थियो । विस्तारै विद्यालयको भवनहरु निर्माण हुदै गयो वरिपरिका व्यक्तिहरुको जग्गा च्यापिदै गयो ।

केही व्यक्तिहरुसंग विद्यालयले सम्झौता गरेर जग्गा साटोफेरो गरियो । केही व्यक्तिहरुलाई विद्यालयमा जागिर लगाई दिएर जग्गा लिईयो । सिमानाका केही व्यक्तिहरसंग सहमती हुन नसक्दा विद्यालयको कम्पाउण्डवाल लगाउन पाएको छैन । विद्यालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएर वल प्रयोग गरी वस्ती उठाउने प्रयास गरियो सफल भएन ।

पटक पटक सहमति गर्ने प्रयास गरियो सहमति हुन नसकेपछी सेफ द चिल्ड्रेन संस्थाले विद्यालयको वाल लगाउन दिएको वजेट फ्रिज भएर गएको छ । वरिपरि विद्यालयको भवन विच भागमा व्यक्तिहरुको घर रहेको हुदा विद्यालयको अवस्था नाजुक देखिएको छ ।

विवाद समाधानको लागि सहजिकरण गर्न विद्यालयको प्रधानध्यापक राजिनन्द महतोले प्राकतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालमा लिखित निवेदन पेश गरेपछी संस्थाले पुर्व तयारी बैठक राखी प्रकृया अगाडी वढाएको हो । गोडैता नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विजय प्रसाद यादवको अध्यक्षतामा संचालित बैठकको प्रमुख अतिथि संविद्यान सभा सदस्य कमला देवी महतो रहेका थिए । स्थानिय राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु ने.क.पा. माओवादीका लक्ष्मी राय, नेपाली कांग्रेस गौरीशंकर महतो, शम्भु महतो, सामुदायिक प्राथमिक विद्यालयका प्र.अ. श्री राजिनन्द महतो, वहुजन समाजवादी पार्टीका वडा सभापती विरेन्द्र पासवान, सिमानाका किसान प्रतिनिधिसरोज कुश्वाह, जय किसुन महतो, लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालको सहजकर्ता गंगा वहादुर विश्वकर्माले संचालन गरेको कार्यक्रममा राष्ट्रिय श्रोत व्यक्ति पार्वती विश्वकर्माको सहजिकरणमा सहभागिहरुलाई प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालको परिचय, संस्थाले संचालन गर्दै आएको अभियानको परिचय, संस्थाद्वारा संचालित कार्यक्रमहरु, अभियानबाट प्राप्त उपलब्धिहरु र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृयाको परिचय दिनुको साथै द्वन्द्व रुपान्तरण प्रकृयामा द्वन्द्वमा संलग्न पक्ष तथा सरोकारवालाहरु र सहजकर्ताहरुको भुमिकाको वारेमा अभिमुखिकरण गराईनुको साथै विवादको विषयमा संछिप्त जानकारी संकलन गरी द्वन्द्व नक्शांकनको लागि स्थालगत कार्ययोजना तर्जुमा गरिएको छ ।
फोटो क्याप्सनमा : पूर्व तयारी बैठकमा सहभागीहरु । (तस्बीर : उज्यालो अभियान)