लालबन्दी – किशोर किशोरीहरु भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन् भन्ने धारणा सहित किशोर किशोरीको समग्र विकासका लागि सर्लाहीको लालबन्दीमा आयोजित १० दिने रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सिप मुलक तालिम आज सम्पन्न भएको छ ।
बागमती सेवा समाजको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा संचालन भएको तालिमको बिहिबार समापन गरिएको हो । तालिममा पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका २० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । तालिममा रुपान्तरण तालिम सहजीकरण पुस्तिकाको माध्यमबाट सिकाउने र सिक्ने कार्य संचालन गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले बताए ।
तालिम पश्चात अब किशोर किशोरीहरुले आफ्नो स्थानीय स्तरमा रहेका जोखिम तथा सिमान्तकृत बालबालिकालाई प्रत्येक हप्ता एक एक वटा साथी सहजकर्ता बनी रुपान्तरण कक्षा संचालन गर्नेछन् । आगामी ६ महिनासम्ममा करिब २०० बालबालिकालाई साथी सहजकर्ताहरुले जीवन उपयोगी तथा आत्मरक्षाका सिपहरु सिकाउने भण्डारीले जानकारी दिए । पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाको समन्वयमा माघ ११ गतेदेखि सुरु भएको तालिमको सहजीकरण गर्ल्स किक, काठमाण्डौंका निरज न्यौपाने र फुलकुमारी मगरले गरेका थिए । सहभागीहरुलाई हरिपूर्वा नगरपालिकाका मेयर शियाराम राय, पर्सा गाउँपालिका ५ का वडाध्यक्ष उमेश राय, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतले प्रमाण पत्र वितरण गरेका छन् । कार्यक्रममा सहभागि किशाेर किशाेरीले हरिपूर्वा नगरपालिकाका मेयर सियाराम राय र पर्सा गापा-५ का वडाध्यक्ष उमेश रायलाई बालबालिका सम्बन्धी विभिन्न माग सहित ज्ञापन-पत्र समेत बुझाएका छन् ।
फाेटाे क्याप्सन : हरिपूर्वाका मेयर सियाराम रायलाई ज्ञापन-पत्र बुझाउँदै किशाेर किशाेरी । (तस्बिर : उज्यालाे अभियान)