बरहथबा – पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको विरोधमा नेक्रबिक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाले सर्लाहीको बरहथवामा विरोध प्रदर्शन गरेकाे छ ।
नेकपा निकट संयुक्त जनवर्गिय संगठनले बरहथवा बजारमा विरोध जनाएको हो । पेट्रोलियम पदार्थको मूल्य बढाइएको विरोधमा बरहथवा बजारको मूख्य चोकमा कोण सभा गरेर मूल्य वृद्धि फिर्ता लिन माग गरिएको विप्लव समूह निकट अनेरास्ववियू क्रान्तिकारी सर्लाहीका अध्यक्ष अर्पण पौडेलले जानकारी दिए । नेपाल आयल नियमले गएको मंगलबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । वृद्धि गरिएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १४२, डिजल र मट्टीतेल १२५ रुपैयाँ पुगेको छ ।
फाेटाे क्याप्सन : विराेध सभामा उपस्थित विद्यार्थी नेताहरु ।