घुर्काैली – माघ ८ गते सर्लाहीको बागमती पुलमा भएको दुर्घटनामा ज्यान गुमाएका नेकपा माआवादी केन्द्र निकट वाइसीएल सर्लाहीका सदस्य सुनिल बम्जनप्रति श्रद्धान्जली व्यक्त गर्दै बिहिबार श्रद्दाञ्जली सभा गरिएको छ ।
स्वर्गिय बम्जनकै निवास हरिवन नगरपालिका–५, घुर्कौलीमा वाइसीएल सर्लाहीको आयोजनामा श्रद्दाञ्जली सभा गरिएको हो । सो सभामा माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकी, पार्टीको हरिवन नगर कमिटी अध्यक्ष अर्जुन पन्त, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा लगायतका नेता कार्यकर्ताहरु सहभागी भएर श्रद्धान्जली व्यक्त गरेका हुन् । बम्जनको माघ ८ गते साँझपख बागमती पारी रौतहटतर्फबाट मोटरसाइकलमा आउँदै गर्दा बागमती पुलको बीचमा टिपरमा गएर मोटरसाइकल ठोक्किँदा घटनास्थलमै ज्यान गएको थियो ।
फाेटाे क्याप्सन : कार्यक्रममा उपस्थित माओवादी नेताहरु । (तस्बिर : उज्यालाे अभियान)