logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवन कांग्रेसद्वारा ल्होछारको शुभकामना आदानप्रदान


  • उज्यालो अभियान

हरिवन – नेपाली कांग्रेस हरिवन नगर समितिले मंगलबार हरिवनमा सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

हरिवन सिनेमा हलमा पार्टीका नगर सभापति रामशरण उप्रेतीको अध्यक्षता तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभकामना साटासाट कार्यक्रम गरिएको हो । कार्यक्रममा पार्टीका जिल्ला उपसभापति एवं सभापतिका आकांक्षी सुरेन्द्र प्रसाद सिंह, जिल्ला सहसचिव डोरप्रसाद भट्टराई, नेताहरु रामप्रसाद मैनाली, सेख सहदुल्ला, नेतृ सोनी कुमारी बोम्जन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका नेता एवं नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य अर्जुन योन्जनले सोनाम ल्होछारको अवसरमा सहभागीहरुलाई प्रकाश पारेको कार्यक्रम संचालक एवं नेपाली कांग्रेस हरिवन नगर समितिका सचिव निरोज कार्कीले जानकारी दिए । कार्यक्रममा संस्थापनबाट जिल्ला सभापतिका उम्मेद्वार सुरेन्द्र प्रसाद सिंहकाे प्रचारप्रसार गर्ने उद्देश्यले ल्हाेछार बाहेककाे ब्यानर समेत टाँगिएकाे थियाे । त्यस्तै, हरिवनमा बुधबार माओवादी केन्द्रले पनि सोनाम ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ ।
फाेटाे क्याप्सन : कांग्रेस हरिवनले साेनाम ल्हाेछारकाे अवसरमा मंगलबार आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित नेताहरु । (तस्बिर : उज्यालाे अभियान)