logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीकाे गुरुकुलमलाई १ लाख ६० हजार सहयोग


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–७, डुमडुमेमा रहेको श्री राधाकृष्ण रामजानकी वैदिक संंस्कृत गुरुकुलममा विभिन्न मनकारीहरुले १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन् ।

सहयोग गर्ने अधिकांश बरहथवाका स्थानीयवासी रहेका छन् । बरहथवामा महायज्ञ लगाउन पुगेका पण्डित नारायणशरण काफ्ले मार्फत त्यहाँका स्थानीयहरुले लालबन्दीस्थित राधाकृष्ण मन्दिर परिसर डुमडुमेमा रहेको गुरुकुलममा आर्थिक सहयोग गरेका हुन् । गुरुकुलममा बरहथवा नगरपालिका ७ का सन्तोष चापागाई र गोदावारी चापागाईले ५० हजार ५ रुपैयाँ, हरि निरौलाले २१ हजार १५१ रुपैयाँ, इन्द्रमाया निरौलाले ११ हजार १ सय ११ रुपैयाँ, काठमाण्डौं बस्ने गीता अधिकारी निरौलाले ११ हजार ५ सय रुपैयाँ, बरहथवाकै सुनिल मिश्रले ६ हजार २३० रुपैयाँ, मनहरि निरौलाले ५ हजार १०१ रुपैयाँ, भोला साह मेडिकलले ५ हजार १०५ रुपैयाँ, प्रदिप महतोले ५ हजार ५ रुपैयाँ, मनमाया निरौलाले ५ हजार एक सय रुपैयाँ र बरहथवा ५ का बालकृष्ण पोखरेलले २ हजार १०५ रुपैयाँ सहयोग गरेका छन् । सम्पूर्णबाट १ लाख ६० हजार रुपैयाँ प्राप्त भएको गुरुकुलुमका प्राचार्य अच्यूतम दाहालले जानकारी दिए ।

दाहालका अनुसार गुरुकुलमलाई ४ क्विन्टल चामलसहितका खाद्यान्न सामग्री समेत प्राप्त भएको छ । केही महिनाअघिबाट खुलेको गुरुकुलमले बटुकहरुलाई सँस्कृति पढाउँदै आएको छ ।
फोटो क्याप्सन : लालबन्दीस्थित गुरुकुलममा अध्ययरत बटुकहरु । (तस्बीर : उज्यालो अभियान)