logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बहुजनद्वारा संग्रामपुरमा प्रदर्शन


  • उज्यालो अभियान

संग्रामपुर – सर्लाही चक्रघट्टाका अजय महरालाई बेपत्ता पारिएको घटनालाई लिएर मंगलबार पर्सा गाउँपालिकाको संग्रामपुर बजारमा प्रदर्शन गरिएको छ ।
चक्रघट्टाका अजयलाई गाउँकै केही व्यक्तिले बेपत्ता पारिएको आरोप लगाएर प्रदर्शन गरिँदै आएको छ । करिव २ महिनादेखि दोषीलाई पक्राउ गरी कारवाही गर्न र अजयको अवस्था सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिँदा समेत कुनै सुनुवाई नभएपछि मंगलबार दक्षिण–पूर्वी भेगको पर्सा गाउँपालिकास्थित संग्रामपुर बजारमा प्रदर्शन गरिएको बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानले जानकारी दिए ।
प्रदर्शनमा सहभागीहरुले बेपत्ता अजयको अवस्था सार्वजनिक गर, दोषीलाई कारवाही गर, पीडितलाई न्याउ देउ जस्ता नारा लगाएका थिए ।
फोटो क्याप्सन : मंगलबार संग्रामपुरमा प्रदर्शन गरिँदै । (तस्बीर : उज्यालो अभियान)