logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मध्यरातमा कुखुरा फार्ममा आगलागी, १७ सय चल्ला जले


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

बरहथवा – बरहथवा स्थित एक कुखुरा फार्ममा आगलागी हुँदा १७ सयवटा चल्ला जलेर मरेका छन् ।

बरहथवा नपा-७ निवासी राम सिंगासन साहको कुखुरा फार्ममा बिद्युतको तार सर्ट भई आईतबार राती पाैने १२ बजे आगलागी भएकाे हाे । आगलागीबाट कुखुरा फार्म र फार्म भित्र रहेका १७ सय कुखुराको चल्ला जलेका छन् । आगलागीबाट २ लाख बराबरको धनमाल क्षती भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।