बाँके – सर्लाहीकाे ईश्वरपुर नपा-१२ बाँके जंगल स्थित पुर्वपश्चिम राजमार्गमा रात्रिबस र माेटरसाईकल बीच ठक्कर खाँदा माेटरसाईकलमा सबार १ जनाकाे मृत्यु भएकाे छ भने बसमा सबार १२ यात्रु घाईते भएका छन् ।
सिरहाकाे बरियारपट्टीबाट काठमाडाैं तर्फ आउँदै गरेको ना. ७ ख ७५३ नम्बरकाे रात्रिबसले बिपरित दिशाबाट जादै गरेको ना. २९ प ४४९८ नम्बरको मोटरसाईकललाई शनिबार राती ९ बजे र ५ मिनेटमा ठक्कर दिएकाे हाे । माेटरसाईकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बाँया साईडमा पल्टिएकाे प्रहरीले जनाएकाे छ ।
बसकाे ठक्करबाट मोटरसाईकल पछाडि सवार ईश्वरपुर नपा-१२, घारिबथान निवासी बेनि बहादुर खड्काको छोरा २७ वर्षीय भक्त बहादुर खड्काको घटनास्थलमै मृत्यु भएकाे छ भने साेही ठाउँ निवासी माेटरसाईकल चालक गौरव खड्काको छोरा २६ वर्षीय अरुण खड्का गम्भीर घाईते भएका छन् । अरुणको दाहिने खुट्टा घुडा देखि मुनि पुरै काटिएको र गढिमाई अस्पताल लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगंज पठाईएको प्रहरीले जनाएकाे छ ।
बस पल्टिँदा त्यसमा सबार ४० जना मध्ये १२ जना यात्रु घाईते भएका छन् । लालबन्दी मोडेल अस्पतालमा उपचार पश्चात् ७ जना आ-आफ्नो घरतर्फ फर्किसकेको र बाँकी ४ जना घाईते हरु सोही अस्पतालमा उपचार भईरहेको तथा १ जना थप उपचारको लागी सिरहा तर्फै रिफर भएकाे प्रहरीले जनाएकाे छ । मृतककाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पठाईएकाे छ । बसका चालक फरार रहेकाे र दुर्घटना बारे गम्भीर ढंगले अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।
फाेटाे क्याप्सन : दुर्घटनामा उल्टिएकाे बस र क्षतिग्रस्त माेटरसाईकल । (तस्बिर : उज्यालाे अभियान)