हरिवन – हरिवन युथ रेडक्रस सर्कलको आयोजनामा शनिबार दिउँसाे सर्जीकल मास्क वितरण गरिएकाे छ ।
हरिवन युवा रेडक्रस सर्कलका उप-संयोजक राजु लो तामाङ, युथ रेडक्रस सर्कलका उपाध्यक्ष सन्दिप लामा, सचिव भिम बहादुर मगर, सह-सचिव अर्जुन साह, सदस्य किरण कुमार थिङ, विशाल गोले, राज सापकोटा, मनोज गोले लगायत युवाहरुकाे उपस्थितिमा मास्क वितरण गरिएकाे हाे ।
चण्डेश्वरी ट्रेडर्सका सञ्चालक प्रयागराज पोते, युवा समाजसेवी युथ रेडक्रस सर्कलका सल्लाहकार युवराज भण्डारी, फेस्का कम्पनीका प्रतिनिधि लगायतले उपलब्ध गराएकाे १ हजार ५०० थान मास्क वितरण गरिएकाे उप-संयाेजक तामाङले बताए । सर्बसाधारणलाई काेराेना भाईरस संक्रमणबाट बच्नका लागि मास्क प्रयाेग गर्न आग्रह सहित वितरण कार्यक्रममा हरिवन नपा-११ का वडाध्यक्ष शेख मेहबुब रेजा लगायतकाे उपस्थिती रहेकाे थियाे ।