logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सवारी साधनकाे ठक्करबाट पैदलयात्रुकाे मृत्यु, ठक्कर दिने सवारी साधन फरार


  • उज्यालो अभियान

हरिवन – नम्बर नखुलेकाे सबारी साधनकाे ठक्करबाट शुक्रबार राती एक पैदल यात्रुकाे मृत्यु भएकाे छ ।

हरिवन नगरपालिका-४ स्थित सासापुर हेल्थपाेष्ट अगाडि पूर्व-पश्चिम राजमार्गमा पैदल हिँडिरहेका स्थानिय ४५ वर्षीय रामबलि रामकाे सवारी साधनकाे ठक्करबाट मृत्यु भएकाे हाे । शुक्रबार राती ८ बजेर १० मिनेटमा पूर्वबाट पश्चिचम तर्फ जाँदै गरेको सवारी साधनले रामलाई ठक्कर दिएकाे प्रहरीले जनाएकने छ । नम्बर नखुलेको उक्त सवारी साधन रात्री बस हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा रहेकाे सीसी टीभी फुटेज अध्ययन भईरहेकाे र ठक्कर दिने सवारी साधन नजिक पुगिएकाे ईलाका प्रहरी कार्यालय हरिवनले दाबी गरेकाे छ ।
टाउकाेमा चाेट लागेका रामकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । मृतक रामकाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाईएकाे छ । शुक्रबार राती केहीबेर मृतकका आफन्त र स्थानीयले पूर्व-पश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् ।