मालपोत कार्यालय हरिवन । (फाईल तस्बिर)
हरिवन – मालपोत कार्यालय हरिवनका ७ जना कर्मचारीलाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।
आज (मंगलबार) दिउँसो आएको रिपोर्ट अनुसार मालपोत कार्यालय हरिवनका ७ जना कर्मचारीमा कोरोना भाईरस पोजेटिभ आएको हो । हरिवन नगरपालिकाको सासापुर हेल्थपोष्टमा आएको परीक्षण रिपोर्ट अनुसार ७ जना कर्मचारीलाई कोरोना भाईरस पोजेटिभ देखिएको हो । रुघा खोकी देखिएपछि १७ जना कर्मचारीको परीक्षण गरिएको बताईएको छ ।
हरिवन मालपोत कार्यालय सेवाग्राहीको अत्यन्त भिडभाड हुने कार्यालय मध्येमा पर्दछ ।