logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

उपमेयर काफ्ले फेरि एमालेमै फर्किन्


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका देवी काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर पुनः नेकपा एमालेमै फर्किएकी छिन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी काफ्ले पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा एसमा सनाखत गरेकी थिईन् । एमालेका महासचिव शंकर पोखरेलले काफ्लेलाई एमालेमा स्वागत गरेका छन् ।
काफ्लेसँगै उनि निकट कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् । तर हरिपुरका मेयर जमिरुदिन मन्सुर र उनि निकटका अन्य जनप्रतिनिधिहरु भने नेकपा एकीकृत समाजवादीमै रहेका छन् ।
(फोटो क्याप्सन : हरिपुर नगरपालिकाकी उपमेयर रेणुका देवी काफ्ले)