logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

आगलागीबाट घर जल्याे


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

हजरिया – सर्लाहीको हजरियामा विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ ।

बरहथवा नगरपालिका वडा नं. २ हजरियास्थित गिरी टोल बस्ने झक्कडसिंह बस्नेतको घरमा आगलागी भएको हो । आईतबार मध्यराती बस्नेतको एक तले इँटाले बनेको तथा माथि खपडाले छाएको घरमा आगलागी भएको स्थानीयबासीले बताएका छन् । आगलागीबाट घर तथा घरभित्र रहेका अन्न, कपडा, सुनचाँदी लगायतका सरसामग्री जल्दा तीन लाख रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका प्रहरीले जनाएको छ । आगलागी गाउँले र प्रहरी मिलेर करिव पौने घण्टापछि नियन्त्रणमा लिएका थिए ।