logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

टिपरको पछाडी ठक्कर दिँदा मोटरसाईकल चलाईरहेका ३५ वर्षे युवकको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

बागमती – टिपरको पछाडीपट्टी ठक्कर दिँदा सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली निवासी एक युवकको मृत्यु भएको छ ।

शुक्रबार राती सबा ७ बजे पश्चिमबाट पूर्वतर्फ बा. ८४ प ५९०८ नम्बरको मोटरसाईकलमा आउँदै गरेका हरिवन नगरपालिका–५ निवासी ३५ वर्षीय सुनिल बम्जन अगाडि हिड्दै गरेकाे ना. ७ ख ८३०० नम्बरको टिपरकाे पछाडी ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । लगतै उपचारका लागि रौतहटको चन्द्रपुर स्थित चन्द्रपुर अस्पतालमा उपचार गर्दा गर्दै बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्त प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बम्जनलाई सर्लाही र रौतहटको सिमा बागमती नदीको पुलको बीच भागमै टिपरले ठक्कर दिएको थियो ।

बम्जनको टाउकोमा गहिरो चोट लागेको थियो । टिपर र चालक नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

(नाेट : यसअघि याे समाचारमा भुलबस टिपरकाे ठक्करबाट हुन गएकाले क्षमाप्रार्थी सहित सच्याईएकाे छ)