logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा बस पल्टियो, १७ यात्रु घाईते


  • उज्यालो अभियान

पूर्व–पश्चिम राजमार्गबाट तल खसेको यात्रुबस । (तस्बिर : उज्यालो अभियान)

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा मंगलबार दिउँसो यात्रुबस पल्टिएको छ । बस पल्टिँदा १७ जना यात्रु घाईते भएका छन् ।

मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक यात्रुबस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस पूर्व–पश्चिम राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ ।

बसमा यात्रारत १७ जना घाईते भएको र जसमध्ये एकजना गम्भिर रहेको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईतेहरुको संख्या था अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।