logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मधेश प्रदेश र राजधानी जनकपुर कायम भएको उपलक्ष्यमा आज सार्वजनिक बिदा


  • उज्यालो अभियान

हरिवन – राजधानी र नाम पारित कायम भएपछि मधेस प्रदेश सरकारले आज (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतसहित मधेस प्रदेश र स्थायी राजधानी जनकपुर कायम गरेको थियो ।
प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यसैबीच मंगलबार दिउँसो सर्लाहीका विभिन्न स्थानमा खुशियाली कार्यक्रमहरु हुने भएका छन् । जनता समाजवादी पार्टी नेपालले सदरमुकाम मलंगवाको जिविस चोक स्थित मधेश आन्दोलनका सहिदको शालिक स्थल सहिद चोकमा खुसियाली एवं शुभकामना आदान प्रदान कार्यक्रम गर्ने बताईएको छ । अन्य विभिन्न ठाउँमा पनि खुशियाली कार्यक्रम हुने बताईएको छ ।