logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मिर्गौला पीडित स्याङ्तान परिवारलाई खाद्यान्न सहयोग


  • उज्यालो अभियान

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीका गंगाराम स्याङ्तानको परिवारलाई आइतबार खाद्यान्न सहयोग गरिएको छ ।

केही वर्षअघिदेखि मिर्गौला पीडित स्याङतानको परिवारलाई हरिवन मूल घरभई हाल अमेरिकामा रहेका शैलेश मैनाली (सुशान्त) र श्रीमती जननी श्रेष्ठले आइतबार चामल, दाल, नुन, तेल र जाडोमा लगाउने कम्बल प्रदान गरेका हुन् । शैलेश र जननीको तर्फबाट आफूहरुले आर्थिक अवस्था दयनिय रहेको स्याङ्तानको घरमै पुगेर खाद्यान्न हस्तान्तरण गरेको युवा समाजसेवी युवराज भण्डारीले जानकारी दिए ।

भण्डारी, संगिता घिसिङ, रन्जित धमला लगायतले स्याङतानको घरमा पुगेर खाद्य सामग्री हस्तान्तरण गरेका हुन् । शैलेश मैनाली (सुशान्त) र श्रीमती जननी श्रेष्ठले यसअघिदेखि नै हरिवनका विभिन्न रोगबाट ग्रसित बिराम, अग्नी पीडित लगायतलाई यसरी सहयोग गर्दै आइरहेका छ्न् ।